मंगलवार, १२ श्रावण २०७८
मंगलवार, १२ श्रावण २०७८

IT Training Nepal

नक्कली सुन प्रकरणका फरार अभियुक्त अन्सारी पक्राउ

२९ श्रावण, २०७७ १२:०९ मा प्रकाशित

373 पटक पढिएको

fake gold seized

काठमाडौं – १५ किलो नक्कली सुन प्रकरणमा फरार बाराका इल्ताफ हुसेन अन्सारी पक्राउ परेका छन्। महानगरीय अपराध महाशाखाको समन्वयमा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको टोलीले अन्सारीलाई पक्राउ गरेको महानगरीय अपराध महाशाखाका एसपी होविन्द्र बोगटीले जानकारी दिए।

अन्सारी यसअघि नक्कली नोट र हतियार कारोबारमा पक्राउ परी छुटेका थिए। सुन प्रकरणमा प्रयोग भएको बा ६ च ५५११ नम्बरको गाडी अन्सारीको रहेको अनुसन्धानबाट खुलेको छ।

सुन्धारामा अन्सारीले चलाएको स्कोर्पियोबाट झरेका निलेश सखियाको साथबाट प्रहरीले साढे १४ किलो सुन लेपन गरेको चाँदी र दुईथान पेस्तोल बरामद गरेको थियो। सुन–चाँदी र पेस्तोल बरामद गरेको थाहा पाएपछि ललितपुरको नखिपोटमा स्कोर्पियो छाडेर अन्सारी भागेका थिए। त्यस लगत्तै प्रहरीले खोजी तीव्र पारेको थियो।

सुन प्रकरणमा प्रहरीले भारतीय नागरिकहरू देवान पटेल, कौशल पटेल, विजय पटेल, निलेश सखिया, ट्याक्सी चालक सन्दीप गुरुङ, न्युरोडमा मोबाइल पसल सञ्चालन गर्ने उमेश श्रेष्ठ, न्युरोडकै सुन पसलमा काम गर्ने मनीष मल्लिकसहित प्रहरी जवानद्वय बहादुरसिंह कठायत र प्रसन्न श्रेष्ठलाई पक्राउ गरेर अनुसन्धान थालेको छ । घटनामा निर्दोष देखिएको जिल्ला सरकारी वकिलको कार्यालय, काठमाडौंले गुरुङलाई छाड्न निर्देशन दिएपछि उनलाई थुनामुक्त गरिएको थियो भने भारतीय नागरिक सञ्जय पटेल फरार सूचीमा छन्।

गिरोहले योजनाबद्ध रूपमा चाँदीलाई सुन बनाएर ठग्ने योजना बनाएको देखिएको छ। उक्त गिरोहका सदस्य चाँदीमा जलप लगाइएको सुन भारतको राजस्थान लगी ठूला व्यापारीलाई ठग्ने योजनामा थिए।

देवान र उनका भाइ कौशलले जलप लगाउने जिम्मा लिएका थिए। देवानको सम्पर्क राजस्थानका सुन व्यापारीसँग रहेको अनुसन्धानबाट खुलेको छ। उक्त सूचना दरबारमार्ग वृत्तमा पुगेपछि कौशलले पुरानो चिनजानका प्रहरी जवान कठायतलाई आर्थिक प्रलोभनमा पारे। सुनको जलप लगाइएको चाँदीको एउटा ‘बिस्कुट’ दिई झोला फ्याँकेर उम्किएको अनुसन्धानमा संलग्न एक अधिकृतले बताए। मनीष काम गर्ने सुन पसलमै चाँदीको ‘बिस्कुट’ किनेर सुनको जलप लगाउन पटेल समूहले ५२ लाख रुपैयाँ खर्चिएको प्रहरी अनुसन्धानबाट खुलेको छ।

जवानद्वय कठायत र श्रेष्ठको योजनाबारे दरबारमार्गका तत्कालीन डीएसपी रञ्जन दाहाल अनभिज्ञ देखिन्छन्। दाहाल सुन्धारा पुग्नुअगावै कठायत त्यहाँ पुगेर सुनचाँदीको झोला लिएर गाडी उम्काएका थिए। दाहालले गाडी नम्बर उल्टो टिपाए पनि सीसीटीभी फुटेजका आधारमा प्रहरीले नियन्त्रणमा लिएको थियो।

प्रहरीकै लापरबाहीले दुई मुख्य योजनाकार भाग्न सफल भएको अनुसन्धानले देखाएको छ। अपरेसन पूरा नहुँदै कनिष्ठ प्रहरीलाई विश्वास गर्दा दरबारमार्ग वृत्तका तत्कालीन डीएसपी दाहाल जिम्मेवारीबाट वञ्चित हुनु पर्‍यो। घटनास्थल परिवर्तन गरी नक्कली अपरेसनलाई जिम्मेवार प्रहरी अधिकृतले जस लिन खोजे। उपल्लो नेतृत्वले गल्ती ढाकछोप गर्दा फेरि प्रहरीप्रतिको जनविश्वासमा प्रश्न उब्जिएको छ।

प्रहरीले घटनालगत्तै १५ किलो सुन बरामद गरिएको जनाएको थियो। पछि जाँच गर्दा साढे १४ किलो चाँदी पुष्टि भएको थियो भने आधा किलो मात्रै सुन भेटिएको थियो।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome