बिहीबार, २१ श्रावण २०७८
बिहीबार, २१ श्रावण २०७८

IT Training Nepal

उपत्यकामा १२७ सहित थप ५२५ जनामा कोरोना पुष्टि, ९५ जनाको मृत्यु

२९ श्रावण, २०७७ १६:४२ मा प्रकाशित

535 पटक पढिएको

corona positive

काठमाडौं – पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप १२७ जनामा संक्रमण पुष्टि भएको छ। विभिन्न प्रयोगशालमा गरिएको परीक्षणमा उपत्यकामा थप १२७ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए। बुधबार मात्रै १३८ जना जनामा कोरोना संक्रमण भएको पुष्टि भएको थियो।

काठमाडौंका १११ जना, भक्तपुरका ५ जना र ललितपुरका ११ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले जानकारी दिए।

यस्तै बिहीबार थप ५२५ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण देखिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. गौतमका अनुसार नयाँसहित कूल संक्रमितको संख्या २४ हजार ९५७ पुगेको हो ।

पर्सा, रौतहट, महोत्तरी र काठमाडौंमा पाँच सय बढी संक्रमित रहेको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार नेपालमा अहिलेसम्म देशभरका ३८ प्रयोगशालाबाट स्वाबको पीसीआर परिक्षण हुँदै आएको छ ।

यस्तै सक्रिय संक्रमितको संख्या ८ हजार २५ पुगेको छ। मन्त्रालयका अनुसार १६ हजार ८ सय ३७ जनाले कोरोना जितेका छन्। क्वारेन्टाइनमा रहनेको संख्या १४ हजार ७६९ जना पुगेको छ भनेआइसोलेसनमा ८ हजार २५ जनाको उपचार भइराखेको छ । यस्तै हालसम्म ९५ जनाको कोरोनाबाट मृत्यु भएको छ।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome