सोमबार, ७ असार २०७८
सोमबार, ७ असार २०७८

IT Training Nepal

विराटनगरमा थप एक साता लकडाउन

३० श्रावण, २०७७ ०९:१० मा प्रकाशित

749 पटक पढिएको

biratnagar municipality

विराटनगर – कोरोना भाइरस संक्रमण तीव्र रुपमा फैलिन थालेसँगै विराटनगर महानगरपालिकाले ‘लकडाउन’को अवधि एक सातालाई थप गरेको छ।

महानगरले यसअघि साउन १६ गतेबाट दुई सातालाई ‘लकडाउन’ गरेको थियो। शुक्रबार अघिल्लो ‘लकडाउन’ को समयअवधि सकिँदै गर्दा महानगरको कोरोना क्राइसिस म्यानेजमेन्ट सेन्टरको बिहीबार बसेको बैठकले पुनः एक साता ‘लकडाउन’ गर्ने निर्णय गरेको छ।

पहिलो पटक ‘लकडाउन’ गर्दा विराटनगरमा संक्रमित संख्या १०८ मात्रै थियो। तर ‘लकडाउन’ गरेपछि ४१५ पुगिसकेको छ। ‘लकडाउन’का बीचमा मात्रै तीन सय सात जना संक्रमित थपिएका छन्।

मेयर भीम पराजुलीले ‘लकडाउन’ खुकुलो हुँदा संक्रमण बढेर अवस्था थप भयावह बन्ने आंकलन गर्दै समय एक साताका लागि थप गरिएको जानकारी दिए। उनका अनुसार शुक्रबारबाट ‘लकडाउन’ भदौ ५ गतेसम्म रहने छ।

हाल महानगरका संक्रमितमध्ये ४९ जना होम आइसोलेसनमा र ५० जना महानगरले निर्माण गरेको होल्डिङ आइसोलेसनमा छन्। दैनिक संक्रमित बढेर अवस्था भयावह बन्दै गए पनि मेयर पराजुलीले भने संक्रमण नियन्त्रणका लागि ‘लकडाउन’ प्रभावकारी भएकाको दाबी गरेका छन्। अघिल्लो ‘लकडाउन’ प्रभावकारी भएकाले त्यसको समय एक साताका लागि गरिएको उनको भनाइ छ।

मोरङमा कोरोनाले ८ जनाको मृत्यु भइसकेको छ भने विराटनगरमा मात्र पाँच जनाकाे मृत्यु भएको छ । विराटनगर महानगरका मात्र मृत्यु हुनेमा वडा नम्बर ९ का दुई, ३, ५ र १० नम्बरका एक/एक पुरुष छन्।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome