शुक्रबार, ८ आश्विन २०७८
शुक्रबार, ८ आश्विन २०७८

IT Training Nepal

उपत्यकामा ११९ सहित थप ५९४ जनामा कोरोना पुष्टि, ९९ जनाको मृत्यु

३० श्रावण, २०७७ १६:४८ मा प्रकाशित

757 पटक पढिएको

corona positive

काठमाडौं – पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप ११९ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । विभिन्न प्रयोगशालमा गरिएको परीक्षणमा उपत्यकामा थप ११९ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए । बुधबार १३८ जना र बिहीबार १२७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो ।

काठमाडौंका ८३ जना, भक्तपुरका ६ जना र ललितपुरका ३० जना गरी कुल ११९ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. गौतमले जानकारी दिए । यस्तै शुक्रबार मात्रै थप ५९४ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण देखिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार नयाँसहित कूल संक्रमितको संख्या २५ हजार ५ सय ५१ पुगेको हो । बिहीबार मात्रै ५२५ जनामा कोरोना संक्रमण देखिएको थियो ।

गत २४ घन्टामा ११ हजार ५ सय ७५ वटा पीसीआर नमूना परीक्षण भएका छन् । मन्त्रालयका अनुसार हालसम्म १७ हजार ७७ जनाले कोरोना जित्नेका छन् । क्वारेन्टाइनमा रहनेको संख्या १४ हजार ६ सय ३८ पुगेको छ भने आइसोलेसनमा ७ हजार ९ सय १३ जनाको उपचार भइराखेको छ ।कोरोनाबाट ९९ जनाको मृत्यु भइसकेको मन्त्रालयले जनाएको छ।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome