आईतवार, ३ आश्विन २०७८
आईतवार, ३ आश्विन २०७८

IT Training Nepal

सीआईबीका नाममा ठगी गर्ने पत्रकार सीआईबीकै फन्दामा

३० श्रावण, २०७७ १६:५४ मा प्रकाशित

740 पटक पढिएको

arrested illustration

काठमाडौं – प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) का प्रहरीलाई घुस दिन भन्दै रकम माग्ने व्यक्ति पक्राउ परेका छन्। सीआईबीको टोलीले धादिङको निलकण्ठ नगरपालिका १४ का ३६ वर्षीय शंकर प्रसाद अधिकारीलाई पक्राउ गरेको हो।

अधिकारीले एक व्यक्तिलाई अख्तियारमा मुद्दा परेको छ, मुद्दा सदर भई पक्राउको लागि सीआईबीमा पत्राचार भइसकेको भन्दै डर देखाएका थिए। मुद्दा हेर्ने सीआईबीका प्रहरी निरीक्षकले ५ लाख रुपैयाँ दिए मुद्दालाई कारवाहिको प्रकृयामा नजाने नत्र कुनै पनि समयमा पक्राउ गर्छ भन्दै रकम अशुलेको पाइएको सीआईबीले जनाएको छ।

आलोचना साप्ताहिक पत्रिकाको सम्वाददाता बताउने अधिकारी तारकेश्वर नगरपालिका ११ मा डेरा गरि बस्दै आइरहेका ब्यक्ती हुन। बसुन्धाराबाट पक्राउ परेका अधिकारीले अन्य व्यक्तिलाई पनि गठेको हुन सक्ने सीआईबीक प्रमुख डीआईजी सहकुल थापाले जानकारी दिनु भयो । पक्राउ परेका अधिकारिलाइ थप अनुसन्धानका लागि महानगरीय प्रहरी बृत्त महाराजगन्ज पठाइएको छ । अनुसन्धानको लागि आजै अदालतबाट ५ दिन म्याद थप भएको प्रहरिले जनाएको छ ।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome