सोमबार, १३ मंसिर २०७८
सोमबार, १३ मंसिर २०७८

IT Training Nepal

भारतको हेपाहा रवैयाका कारण नेपालको तराई क्षेत्र वर्षेनी डुबानमा

२९ असार, २०७७ १७:३२ मा प्रकाशित

465 पटक पढिएको

ram bahadur thapa badal

काठमाडौं, २९ असार : गृहमन्त्री रामबहादुर थापा बादलले भारतको हेपाहा रवैयाका कारण नेपालको तराई क्षेत्र वर्षेनी डुबानमा परेको बताएका छन्। सोमबार प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै गृहमन्त्री थापाले बाह्य हस्तक्षेप रोक्न नसक्दा पनि वर्षेनी यस्तो समस्या ब्यहोर्नु परेको गृहमन्त्री थापाले बताएका हुन्।

‘भारतीय पक्षले बाँध, सडक बनाउँदा नेपालको तराई क्षेत्रमा डुबानमा पर्यो। यो हस्तक्षेप नै हो’ गृहमन्त्री थापाले भने ‘भारतले बनाएको बाँध सडकले पानीको निकास रोक्यो। पानीको निकास त चाहियो नि।’

गृहमन्त्री थापाले भारतसँग पटक पटक पहल र वार्ता भए पनि भारतीय पक्षबाट सम्झौता कार्यन्वयन नगरेको बताए। उनले नेपालको तराई क्षेत्र डुबानबाट बचाउनको लागि भारतीय पक्षले निकास दिनुपर्ने बताए।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome