बिहीबार, १० असार २०७८
बिहीबार, १० असार २०७८

IT Training Nepal

उपत्यकामा ९८ सहित थप ४६८ जनामा कोरोना पुष्टि : ८,१९३ सक्रिय संक्रमित, १०२ जनाको मृत्यु

३१ श्रावण, २०७७ १७:०२ मा प्रकाशित

769 पटक पढिएको

corona positive

काठमाडौं – पछिल्लो २४ घण्टामा उपत्यकामा ९८ सहित देशभर थप ४६८ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा ११ हजार ४४७ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता गौतमका अनुसार उपत्यकामा आज थपिएका नयाँ संक्रमित काठमाडौंका ८० जना, भक्तपुरका ९ जना र ललितपुरका ९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

यससँगै कोरोना संक्रमितको संख्या २६ हजार १९ पुगेको छ । उनीहरुमध्ये १०२ जनाको मृत्यु भएको छ भने १७ हजार २०१ जना निको भएका छन् ।

त्यस्तै १४ हजार ४ सय ४८ जना क्वारेन्टिनमा छन् भने सक्रिय संक्रमितको संख्या ८ हजार १ सय ९३ रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

विश्वभर अहिलेसम्म जम्मा २ करोड १३ लाख ९५ हजार ९ सय १५ जना संक्रमित भएका छन् । ७ लाख ६४ हजार २ सय ३७ जनाको मृत्यु भैसकेको छ भने १ करोड ४१ लाख ७५ हजार ५० जना निको भैसकेका छन् ।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome