शुक्रबार, ८ आश्विन २०७८
शुक्रबार, ८ आश्विन २०७८

IT Training Nepal

स्थानीयको सक्रियतामा ४ किलोमिटर गोरेटो बाटो मर्मत

३१ श्रावण, २०७७ १९:०७ मा प्रकाशित

668 पटक पढिएको

pavement maintenance

थम्मन थापा

बागलुङ – गलकोट नगरपालिका ७ मल्म दाग्दीखोलादेखि वडा नम्बर ११ रिघा गोठलाङ सम्मको गोरेटो बाटो मर्मत सम्भार गरिएको छ ।

भर्याङ सामुदायीक वन उपभोक्ता समूह गलकोट नगरपालिका ७, १० र ११ का उपभोक्ताहरूको जनश्रमदान मार्फत झण्डै ४ किलोमिटर गोरेटो बाटो मर्मत सम्भार गरिएको सामुदायीक वन उपभोक्ता समितीका अध्यक्ष ज्ञान बहादुर कार्कीले जानकारी दिनुभयो ।

भर्याङ सामुदायीक वनको सक्रियतामा प्रत्येक वर्ष हरितालिका तीजको पूर्व सन्ध्यामा उक्त गोरेटो बाटो मर्मत सम्भार गरिँदै आएको सामुदायीक वन उपभोक्ता समितिका सचिव छममाया पुन काउचाले जानकारी दिनुभयो ।

साविकको पाण्डवखानी, रिघा र मल्म गाविसका विभिन्न वडा बाट गरी ४५ जना स्थानीयको सक्रियतामा उक्त कार्य सम्पन्न गरिएको सचिव काउचाले बताउनु भयो । बर्खायाम सँगैको निरन्तरको वर्षाले गोरेटो बाटोको ठाउँ ठाउँमा बनेका खाल्डा खुल्डी मर्मत सँगै झाडी समेत सफाई गरिएको बताइएको छ ।

गोरेटो बाटो मर्मत गरे सँगै साविकका ३ गाविस रिघा, पाण्डवखानी र मल्मका स्थानिय बासिन्दालाई पैदल यात्रा गर्न सहज भएको छ ।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome