बुधबार, २ असार २०७८
बुधबार, २ असार २०७८

IT Training Nepal

उपत्यकामा १७२ सहित थप ६४१ जनामा कोरोना पुष्टि, १०४ जनाको मृत्यु

३२ श्रावण, २०७७ १६:३८ मा प्रकाशित

604 पटक पढिएको

corona positive

काठमाडौं – पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १७२ सहित नेपालमा थप ६४१ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्त्ता डा. जागेश्वर गौतमका अनुसार उपत्यकामा आज थपिएका नयाँ संक्रमित काठमाडौंका १२६ जना, ललितपुरका ३८ जना र भक्तपुरका ८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

आइतबार संक्रमण पुष्टि भएका २१८ महिला र ४२३ पुरुष हुन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमका अनुसार यो सँगै कुल संक्रमिको संख्या २६ हजार ६६० पुगेको छ।

मन्त्रालयका अनुसार पछिल्लो १२ घण्टामा १२ हजार दुई सय जनाको स्वाबको नमुना परीक्षण गरिएको छ। अहिले नेपालमा संक्रिय संक्रमित ९ हजार २६१ रहेका छन्।

क्वारेन्टाइनमा १५ हजार २४३ जना रहेका छन्। पछिल्लो २४ घण्टामा १३४ जना कोरोना जितेर डिस्चार्ज भएका छन्। योसँगै कुल डिस्चार्ज हुनेको संख्या १७ हजार ३३५ रहेको छ।

संक्रमितमध्ये आइसीयूमा १०० जनाको उपचार भइराखेको छ भने ६ जना भेन्टिलेटरमा रहेका छन्। मन्त्रालयका अनुसार पाँच सय बढी संक्रमित भएका जिल्लामा मोरङ, पर्सा, रौतहट, महोत्तरी र काठमाडौं हुन्।

संक्रमण शून्यमा झरेका पाँच जिल्ला छन्। प्रवक्ता गौतमका अनुसार संखुवासभा, मनाङ, मुस्ताङ, डोल्पा र हुम्लामा संक्रमण शून्यमा झरेको हो।

नेपालमा कोरोनाले मृत्यु हुनेको संख्या १०४ पुगेको छ।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome