शुक्रबार, ८ आश्विन २०७८
शुक्रबार, ८ आश्विन २०७८

IT Training Nepal

सिन्धुलीमा तीन सय किलोको बुद्ध मूर्ति अनावरण

२९ असार, २०७७ १७:३४ मा प्रकाशित

633 पटक पढिएको

golden buddha statue in sindhuli

सिन्धुली, २९ असार : सिन्धुलीको कमलामाई नगरपालिकाको वडानम्बर ७ बुद्धनगरमा तिन सय किलोग्राम तौल भएको भगवान गौतम बुद्धको मूर्ति अनावरण गरिएको छ । सोमबार कमलामाई नगरपालिका सिन्धुलीका प्रमुख खड्गबहादुर खत्रीले बौद्ध परम्पराअनुसार बौद्ध धर्मको पूजाआजासँगै बुद्धको मूर्ति अनावरण गरेका हुन् ।

जिल्ला सदरमुकामको बीच बजारमा रहेको बुद्धनगर चोकलाई धार्मिक तथा पर्यटकीय दृष्टिले समेत गन्तव्य स्थलका रुपमा विकास गर्न शान्तिका दूत गौतम बुद्धको मूर्ति अनावरण गरिएको नगर प्रमुख खत्रीको भनाइ छ ।

बुद्ध मूर्ति स्थापना गर्न कमलामाई नगरपालिकाले १५ लाख र ३ लाख ७५ हजार रुपैयाँ बराबरको जनश्रमदानबाट मूर्ति स्थापना गरिएको उक्त वडाका वडाअध्यक्ष कर्णबहादुर घिसिङले जानकारी दिए ।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome