शनिबार, ६ कार्तिक २०७८
शनिबार, ६ कार्तिक २०७८

IT Training Nepal

आजदेखी भदौ १५ सम्म त्रिभुवन विश्वविद्यालयका सबै कार्यालय बन्द

१ भाद्र, २०७७ ०८:०२ मा प्रकाशित

279 पटक पढिएको

tribhuvan university central office

काठमाडौं – विश्वव्यापी महामारीको रुपमा फैलिएको ( कोभिड–१९) को संक्रमण बढेको भन्दै त्रिभुवन विश्वविद्यालयले भदौ १ गतेदेखि सबै कार्यालय बन्द गर्ने निर्णय गरेको छ।

सबै कर्मचारी कार्यालय प्रमुखको सम्पर्कमा बस्ने र अनलाइनबाट काम गर्न मिल्ने भए सोही अनुसार गर्ने विश्वविद्यालयले आइतबार गरेको निर्णयमा उल्लेख छ।

निर्णय अनुसार भदौ १५ सम्म कार्यालय बन्द रहनेछ। सूचना अधिकारी सूर्य अधिकारीले जारी गरेको विज्ञप्तिका अनुसार अस्पताल तथा अति आवश्यक सेवा सम्बन्धी काम भने सुचारु हुनेछ।

सरकारले भने अनुसार विश्वविद्यालयले शुक्रबारबाट पचास प्रतिशत मात्रै कर्मचारी बोलाएर काम गरिरहेको थियो।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome