शनिबार, ९ श्रावण २०७८
शनिबार, ९ श्रावण २०७८

IT Training Nepal

व्यास नगरपालिकामा एक साताका लागि लकडाउन

१ भाद्र, २०७७ ०८:०७ मा प्रकाशित

709 पटक पढिएको

byas municipality damauli

दमौली – व्यास नगरपालिकामा एक साताका लागि लकडाउन घोषणा गरिएको छ। समुदायमा संक्रमण देखिएपछि अझै फैलन सक्ने त्रासका कारण नगरपालिकाले भाद्र १ गतेबाट एक साताका लागि अत्यावश्यक र सरसफाइबाहेक आगमन र व्यवसाय बन्द गर्ने निर्णय गरिएको हो।

व्यास १ भआदा गाउँमा एक वृद्धामा देखिएको संक्रमण परिवारमा फैलिएपछि नगरपालिकाले यस्तो निर्णय गरेको हो। व्यापारी र सरोकार वालासँगको छलफलपछि यस्तो निर्णय गरिएको नगरपालिकाले जनाएको छ। छलफलमा सहभागी तनहुँ उद्योग वाणिज्य संघका प्रथम उपाध्यक्ष वैकुण्ठ नाथ मिश्रले संक्रमितको सम्पर्कमा आएका व्यक्तिका कारण जोखिम फैलने त्रासका कारण तत्काल बजार बन्द गर्ने सुझाव दिइएको बताए।

सुरुमा समुदाय संक्रमण देखिएकी वृद्धाका परिवारका कुल ५ सदस्यमा संक्रमण देखिएको छ। उनको परिवारका छोरा बुहारी र नाति नातिनी संक्रमित भेटिएका थिए। संक्रमित दम्पतीमध्ये पति लमजुङ्ग र पत्नी जिल्ला प्रहरी कार्यालय तनहुँमा कार्यरत रहेको खुलेको छ। हाल २७ प्रहरीसहित अस्पताल कर्मचारी र भानुका संक्रमित गएको अदालत, सरकारी वकिलको कार्यालयसहित क्वारेन्टाइनका सहित एक सयभन्दा बढीको स्वाब संकलन गरेर परीक्षणका लागि पठाइएको छ।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome