सोमबार, ७ असार २०७८
सोमबार, ७ असार २०७८

IT Training Nepal

उपत्यकामा १६८ सहित थप ५८१ जनामा कोरोना पुष्टि, मृतकको संख्या १०७ पुग्यो

१ भाद्र, २०७७ १७:३२ मा प्रकाशित

764 पटक पढिएको

corona positive

काठमाडौं – पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप १६८ जनामा संक्रमण पुष्टि भएको छ। विभिन्न प्रयोगशालमा गरिएको परीक्षणमा उपत्यकामा थप १६८ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए।

आइतबार मात्रै उपत्यकामा १२७ जना जनामा कोरोना संक्रमण भएको पुष्टि भएको थियो। काठमाडौंका १३९ जना, भक्तपुरका १४ जना र ललितपुरका १५ गरी कूल १६८ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. गौतमले जानकारी दिए।

पछिल्लो २४ घण्टामा ५८१ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमका अनुसार योसँगै कुल संक्रमिको संख्या २७ हजार २४१ पुगेको छ।

पछिल्लो २४ घण्टामा १६० जना कोरोना जितेर डिस्चार्ज भएका छन्। योसँगै कुल डिस्चार्ज हुनेको संख्या १७ हजार ४९५ रहेको छ।

कोरोना भाइरस (कोभिड-१९)को संक्रमणबाट थप ३ जनाको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले थप ३ जनाको मृत्यु भएसँगै मृतकको संख्या १०७ पुगेको जानकारी दिए।

रौतहटका ३२ वर्षीय पुरुष, मोरङका ६० वर्षीय पुरुष र काठमाडौंकी ५८ महिलाको कोरोनाबाट मृत्यु भएको मन्त्रालयका प्रवक्ता डा. गौतमले जानकारी दिए।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome