आईतवार, ३ आश्विन २०७८
आईतवार, ३ आश्विन २०७८

IT Training Nepal

२४ घण्टामा उपत्यकामा २०५ सहित १०१६ जनामा कोरोना पुष्टि, ७ जनाको मृत्यु

२ भाद्र, २०७७ १६:४३ मा प्रकाशित

776 पटक पढिएको

corona positive

काठमाडौं – नेपालमा कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट मृत्यु हुनेको संख्या ११४ पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा सात जनाको ज्यान गएको छ। योसँगै कोरोनाले ज्यान गुमाउनेको संख्या ११४ पुगेको हो।

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा २०५ सहित नेपालमा हजार बढी व्यक्तिमा संक्रमण पुष्टि भएको छ। प्रवक्ता गौतका अनुसार एक हजार १६ जनामा संक्रमण पुष्टि भएको हो। २४ घण्टामा अहिलेसम्मकै यो सबैभन्दा बढी संक्रमण हो। योसँगै नेपालमा कुल कोरोना संक्रमितको कुल संख्या २८ हजार दुई सय ७५ पुगेको छ।

पछिल्लो २४ घण्टामा १३ हजार १६१ जनाको स्वाबको पीसीआर परीक्षण गर्दा अहिलेसम्मकै सबैभन्दा बढीमा संक्रमण पुष्टि भएको हो। १०१६ जनामा कोरोना संक्रमण हुँदा २४ घण्टामा ८५ जनाले मात्र कोरोना जितेका छन्। डिस्चार्ज हुनेको कुल संख्या भने १७ हजार ५८० पुगेको छ। देशभर संक्रिय संक्रमितको संख्या १० हजार ५६३ रहेको छ।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome