सोमबार, ११ आश्विन २०७८
सोमबार, ११ आश्विन २०७८

IT Training Nepal

बाढी–पहिरोमा मृत्यु भएकाका परिवारलाई दुई लाख दिने सरकारको निर्णय

२ भाद्र, २०७७ १८:१२ मा प्रकाशित

302 पटक पढिएको

minister yuvaraj khatiwada

काठमाडौं – सरकारले बाढी–पहिरोमा परेर मृत्यु भएका परिवारलाई दुई लाख राहत दिने निर्णय गरेको छ । सोमबारको मन्त्रिपरिषद् बैठकले यो निर्ण गरेको सरकारका प्रवक्ता एवम् संचार तथा सूचना प्रविधिमन्त्री डा. युवराज खतिवडाले जानकारी दिए ।

प्रवक्ता खतिवडाका अनुसार बाढी पहिरोबाट कुनै परिवारको एक जनाको मृत्यु भएमा दुई लाख र दुई भन्दा बढी व्यक्तिले ज्यान गुमाएको भए प्रतिव्यक्ति एक लाखका दरले राहत दिने निर्णय भएको जानकारी दिए ।

सँगै बाढी–पहिरोमा परेर घाइते भएकाको उपचार सरकारले गर्ने भएको छ । मन्त्रिपरिषद् बैठकले उपचार खर्च सरकारले तिर्ने निर्णय गरेको प्रवक्ता खतिवडाले बताए ।

उपचारपछि घर फर्किने यातायात खर्चसमेत सरकारले दिने भएको छ । बाढी र पहिरोले घर क्षति भएमा निर्माणका लागि एक लाख रुपैयाँ दिने निर्णयसमेत सरकारले गरेको छ ।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome