शनिबार, ९ श्रावण २०७८
शनिबार, ९ श्रावण २०७८

IT Training Nepal

रौतहटमा हनुमान मन्दिरका पुजारीको गोली हानी हत्या

४ भाद्र, २०७७ ११:२७ मा प्रकाशित

792 पटक पढिएको

pujari shot dead in rautahat

रौतहट – रौतहटमा गए राती पुजारीको गोली हानेर हत्या गरिएको छ। रौतहटको माधवनारायण नपा २ खेसरहियाटोल स्थित हनुमान मन्दिरका ६५ वर्षीय पुजारी श्रीराम साहको हत्या भएको हो।

बुधबार राति करीव ९ बजे खाना खाइरहेको अवस्थामा साहको कन्चटमा गोली हानेर हत्या गरिएक‍ो प्रहरीले जनाएको छ। घटनाको अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय गरुडाले जानकारी दिएको छ। केही दिन अघि पनि रौतहटक‍ो गरुडा नपा ८ मा १७ वर्षीय युवकको घाँटी रेटेर हत्या भएको थियो।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome