आईतवार, ३ आश्विन २०७८
आईतवार, ३ आश्विन २०७८

IT Training Nepal

२ थान अमेरिकन पेस्तोलसहित माछापोखरीबाट २ जना पक्राउ

४ भाद्र, २०७७ १५:२९ मा प्रकाशित

519 पटक पढिएको

weapon seized

काठमाडौं – महानगरीय अपराध महाशाखाको टोलीले २ थान अमेरिकन पेस्तोलसहित २ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरु नुवाकोट जिल्ला शिखरबेशी ६ दुचेस्वर घर भई हाल काठमाडौंको नेपालटार शेषमती बस्ने बर्ष २७ का बिकेश पण्डितलाई मेड इन यु एस ए लेखिएको पेस्तोल २ थान सहित काठमाडौंको माछापोखरीबाट पक्राउ गरेको महाशाखाका प्रहरी उपरीक्षक होबिन्द्र बोगटीले जानकारी दिनुभयो ।

पक्राउ परेका बिकेश सँगको सोधपुछबाट उक्त हतियार ओसार पसार गर्न लगाएको आरोपमा नुवकोट जिल्ला लिपु गाउँपालिका १ बस्ने बर्ष २८ का अमर तामाङ्गलाई महानगरीय अपराध महाशाखाको टोलीले नुवाकोट प्रहरीसँग समन्वय गरी नुवाकोटस्थित घरबाट पक्राउ गरी काठमाडौं ल्याइएको प्रहरीले जानकारी गराएको छ ।

प्रहरीले २ थान पेस्तोल सहित १० राउण्ड गोलि र २ थान मोबाइल पनि बरामद गरेको छ।

weapon seized

प्रहरीको प्रारम्भिक अनुसन्धानबाट पक्राउ परेका अमर तामाङ्ग पहिला पनि डाका मुद्दामा ६ बर्ष २ महिना कैद भुक्तान गरीसकेको प्रहरिले जनाएको छ । घटनामा संलग्न अन्यको पनि खोजी गर्नुका साथै सुक्ष्म अनुसन्धान भैरहेको महानगरीय अपराध महाशाखाले जनाएको छ ।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome