शुक्रबार, ८ आश्विन २०७८
शुक्रबार, ८ आश्विन २०७८

IT Training Nepal

निषेधाज्ञा उलंघन गर्ने १२ सय बढी कारवाहीमा

४ भाद्र, २०७७ १६:१८ मा प्रकाशित

773 पटक पढिएको

people in custody

काठमाडौं – उपत्यकामा लागू गरिएको निषेधाज्ञा उलंघन गर्ने १२ सय बढी प्रहरी नियन्त्रणमा परेका छन् ।

आवश्यक नपरी बाहिर निस्किएका करिब १२ सयलाई होल्ड गरेर छाडिएको प्रहरीले जनाएको छ।

ललितपुरमा ४ सय ९८, काठमाडौंमा ४ सय ३७ र भक्तपुरमा २ सय ३५ जना कारवाहीमा परेका हुन्।

निषेधाज्ञाको पहिलो दिन भएकाले उनीहरुलाई केही समय होल्ड गरेर छोडिएको तर पुन उलंघन गरे कारबाहीमा पर्ने प्रहरीले जनाएको छ ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार ६ सय ९८ दुई पाङ्ग्रे र १ सय ९५ चार पाङ्ग्रे सवारी साधन कारवाहीमा परेका छन्।

अनावश्यक काममा निस्किएको पाइए सङ्क्रामक रोग ऐन २०२० अनुसार कारवाही हुनेछ। ऐनमा एक महिनासम्म कैद वा एक सय रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुने व्यवस्था छ।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome