शनिबार, ६ कार्तिक २०७८
शनिबार, ६ कार्तिक २०७८

IT Training Nepal

कोरोना खोपको क्लिनिकल परीक्षण सफल भएको रुसी विश्वविद्यालयको दावी

२९ असार, २०७७ १७:४२ मा प्रकाशित

719 पटक पढिएको

corona vaccine

मस्को, २९ असार : रुसको एक विश्वविद्यालयले कोभिड १९ का लागि खोपको क्लिनिकल परीक्षण सफल भएको दावी गरेको छ ।

सेचेनोभ विश्वविद्यालयले खोपको क्लिनिकल परीक्षण सफलतापूर्वक सम्पन्न भएको र यसको प्रयोग सुरक्षित भेटिएको दावी गरेको हो । स्थानीय मिडियाका अनुसार विश्वविद्यालयका स्वयंसेवकहरुमा उक्त खोपको परीक्षण गरिएको थियो ।

खोप दिइएपछि ती स्वयंसेवकहरुलाई एक साताभित्र डिस्चार्ज गरिने विश्वविद्यालयले जनाएको छ । विश्वका वैज्ञानिकहरुले कोभिड १९ को खोप २०२० को अन्त्यसम्ममा सार्वजनिक भइसक्ने बताएका छन् । तर आम रुपमा सर्वसुलभ बनाउन थप समय लाग्ने बताइएको छ ।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome