शनिबार, ९ श्रावण २०७८
शनिबार, ९ श्रावण २०७८

IT Training Nepal

उपत्यकामा २०० सहित थप ७०७ जनामा कोरोना पुष्टि, मृत्यु हुनेको संख्या १२६ पुग्यो

४ भाद्र, २०७७ १६:४४ मा प्रकाशित

831 पटक पढिएको

corona positive

काठमाडौं – पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप २०० जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ। विभिन्न प्रयोगशालमा गरिएको परीक्षणमा उपत्यकामा थप २०० जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए। बुधबार मात्रै १५९ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो।

काठमाडौंका १७४ जना, भक्तपुरका ८ जना र ललितपुरका १८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको मन्त्रालयका प्रवक्ता डा.गौतमले जानकारी दिए।

पछिल्लो २४ घण्टामा ७०७ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ। बिहीबार कोरोना संक्रमण पुष्टि भएकामध्ये १९२ महिला र ५१४ पुरुष रहेका छन् ।

योसहित संक्रमितको संख्या २९ हजार ६४५ पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए।

पछिल्लो २४ घण्टामा २६३ जना कोरोना जितेर डिस्चार्ज भएका छन्। योसँगै कुल डिस्चार्ज हुनेको संख्या १७ हजार ९६४ पुगेको छ।

मन्त्रालयका प्रवक्ता गौतमका अनुसार संक्रिय संक्रमितको संख्या ११ हजार ५५५ रहेको छ । अहिले क्वारेन्टाइनमा ११ हजार ७६८ जना रहेका छन् ।

मन्त्रालयका अनुसार २४ घण्टामा ६ जनाको मृत्यु भएको छ । मृतकमध्ये दुई महिला र चार पुरुष रहेका छन् । काठमाडौंकी एक महिला, मकवानपुर, सप्तरीका एकएक पुरुष र पर्साकी एक महिला र दुई पुरुषको २४ घण्टामा मृत्यु भएको हो । योसँगै कोरोनाले ज्यान गुमाउने १२६ पुगेका छन् ।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome