आईतवार, ३ आश्विन २०७८
आईतवार, ३ आश्विन २०७८

IT Training Nepal

उपत्यकामा १८२ सहित थप ८३८ जनामा कोरोना पुष्टि, मृत्यु हुनेको संख्या १३७ पुग्यो

५ भाद्र, २०७७ १६:३३ मा प्रकाशित

707 पटक पढिएको

corona positive

काठमाडौं – काठमाडौं उपत्यकामा १८२ जना सहित थप ८३८ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्त्ता डा. जागेश्वर गौतमका अनुसार उपत्यकामा आज थपिएका नयाँ संक्रमित काठमाडौंका १४२ जना, ललितपुरका २५ जना र भक्तपुरका १५ जना कोरोना संक्रमित थपिएका हुन् ।

गौतमका अनुसार विगत २४ घण्टामा देशभर ८३८ जना नयाँ संक्रमित थपिएका छन् । शुक्रबार कोरोना संक्रमण पुष्टि भएकामध्ये २९२ महिला र ५३८ पुरुष रहेका छन् । योसहित संक्रमितको संख्या ३० हजार ४८३ पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए। 

पछिल्लो २४ घण्टामा २५० जना कोरोना जितेर डिस्चार्ज भएका छन्। योसँगै कुल डिस्चार्ज हुनेको संख्या १८ हजार २१४ पुगेको छ।

मन्त्रालयका प्रवक्ता गौतमका अनुसार संक्रिय संक्रमितको संख्या १२ हजार १३२ रहेको छ । अहिले क्वारेन्टाइनमा १२ हजार २३४ जना रहेका छन् । 

मन्त्रालयका अनुसार २४ घण्टामा ११ जनाको मृत्यु भएको छ ।  योसँगै कोरोनाले ज्यान गुमाउने १३७ पुगेका छन् ।  


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome