बिहीबार, २१ श्रावण २०७८
बिहीबार, २१ श्रावण २०७८

IT Training Nepal

कोरोनाको गम्भीर बिरामीका लागि उपयोगी औषधि भारतबाट नेपाल ल्याईंदै

६ भाद्र, २०७७ ०७:५७ मा प्रकाशित

773 पटक पढिएको

remdesivir

काठमाडौं – कोभिड १९ का लागि उपयोगी हुनसक्ने औषधि रेमदेसिविर भारतका तीन कम्पनीले नेपालका लागि वितरण गर्न थालेका छन् ।

कोभिड १९ का बिरामीको लागि रोग प्रतिरोधी क्षमता बढाउन सक्ने औषधिको रुपमा यसलाई सिफारिस गरिएको थियो । भारतीय एनडीटीभीले औषधि उत्पादक कम्पनी म्यालन, किप्ला र हेटेरो ड्रग्सले नेपालका लागि उक्त औषधि उपलब्ध गराउने उल्लेख गरेको छ ।

नेपाल सरकारले ती कम्पनीलाई औषधिका लागि अनुमति दिने औषधि विभागका निर्देशक नारायण प्रसाद ढकालले जानकारी दिएका छन् । तीमध्ये म्यालनले औषधि बाँड्न सुरु गरिसकेको बताइएको छ । औषधि विभागका अनुसार ५७० वटा शिशिको माग भएको थियो ।

कोभिड-१९ का कारण जोखिमको अवस्थामा पुगिसकेका बिरामीका लागि यो औषधि प्रयोग गरिन्छ । जुन औषधिलाई ७ हजार ८ सय नेपाली रुपैयाँ पर्ने बताइएको छ ।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome