सोमबार, ११ आश्विन २०७८
सोमबार, ११ आश्विन २०७८

IT Training Nepal

उपत्यकामा २१६ सहित थप ६३४ जनामा कोरोना पुष्टि, मृत्यु हुनेको संख्या १४६ पुग्यो

६ भाद्र, २०७७ १६:३४ मा प्रकाशित

613 पटक पढिएको

corona positive

काठमाडौं – पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप २१६ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ। विभिन्न प्रयोगशालमा गरिएको परीक्षणमा उपत्यकामा थप २१६ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए।

काठमाडौंमा १६०, ललितपुरमा ६ र भक्तपुरमा ५० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको मन्त्रालयका प्रवक्ता डा.गौतमले जानकारी दिए।

नेपालमा कोरोना संक्रमितको संख्या ३१ हजार नाघेको छ । पछिल्लो २४ घन्टामा विभिन्न जिल्लामा ६ सय ३४ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले थपिएका ६ सय ३४ जनासहित देशभर संक्रमितको संख्या ३१ हजार १ सय १७ पुगेको जानकारी दिए ।

संक्रमितमध्ये १८ हजार ३ सय ५० जना उपचारपछि घर फर्किएका छन् भने १४६ जनाको ज्यान गएको छ ।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome