शनिबार, ९ श्रावण २०७८
शनिबार, ९ श्रावण २०७८

IT Training Nepal

समयमै भेन्टिलेटर नपाउँदा वडा अध्यक्षको मृत्यु

७ भाद्र, २०७७ ०७:५९ मा प्रकाशित

409 पटक पढिएको

deceased ward chief

इटहरी – समयमै भेन्टिलेटर नपाउँदा कोशी गाउँपालिका २ का वडा अध्यक्ष ४५ वर्षीय हिरालाल यादवको ज्यान गएको छ। हर्टअट्याक भएपछि भेन्टिलेटर खोज्दै बिर्तामोड पुर्‍याइएका यादवको बीएण्ड सी अस्पतालमा ज्यान गएको गाउँपालिका अध्यक्ष अयुब अन्सारीले जानकारी दिए।

यादवलाई दिउँसो घरमै बसेको समयमा हर्टअट्याक भएको थियो। कोरोना संक्रमणका कारण धरान र विराटनगरका अस्पतालमा भेन्टिलेटर नपाइएपछि उनलाई झापाको बीएण्ड सी अस्पताल पुर्‍याइएको थियो। तर त्यहाँ पनि उपाय नभएपछि अस्पतालबाट फर्काउने क्रममा यादवको मृत्यु भएको अन्सारीले जानकारी दिए।

गाउँपालिका अध्यक्ष अन्सारीले नेपाली काँग्रेसले एक असल नेता गुमाएको भन्दै दुःख व्यक्त गरेका छन्।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome