मंगलवार, १ असार २०७८
मंगलवार, १ असार २०७८

IT Training Nepal

कोरोना संक्रमित दैनिक वृद्धिभएसँगै सुनसरीमा तेस्रो पटक निषेधाज्ञा

७ भाद्र, २०७७ १६:२७ मा प्रकाशित

563 पटक पढिएको

sunsari nepal

धरान – कोभिड–१९ को संक्रमणका बिरामी दैनिक वृद्धिभएसँगै सुनसरीमा भदौ १४ गतेसम्म निषेधाज्ञा जारी गरिएको छ । सुनसरीका १२ वटै स्थानीय निकायमा अत्याआवश्यक बाहेक हिँडडुल गर्न समेत प्रतिबन्ध लगाइएको सुनसरीका प्रमुख जिल्ला अधिकारी फडिन्द्रमणि पोखरेलले बताए ।

सुनसरीमा हालसम्म कोरोना संक्रमणबाट तीनजनाको निधन भइसकेको छ । धरान उपमहानगरपालिका १५ का एक पुरुष र एक महिला तथा सुनसरी घर बाहिर बसोवास गर्ने उनका ६ वर्षीया छोरीको निधन भइसकेको छ । सुनसरीमा कोभिड १९ संक्रमितको संख्या ४ सय ४१ पुगेपछि आइतबार जिल्ला प्रशासन कार्यालय सुनसरीमा बसेको जिल्ला कोभिड १९ क्राइसिस म्यानेजमेन सेन्टरको बैठकले भदौ १४ गते सम्म सुनसरी निषेधित क्षेत्र घोषणा गरिएको प्रमुख जिल्ला अधिकारी पोखरेलले जानकारी दिए ।

यस अगाडि दुई पटक जिल्लामा लगाइएको निषेधाज्ञाको समय सकिएपछि तेस्रो पटक सुनसरीमा निषेधाज्ञाको समय थप गरिएको हो । सुनसरीका धरान, इटहरी, दुहबी ,इनरुवा लगायतका स्थानमा कोरोना संक्रमितको संख्या दैनिक वृद्धि भइरहेको छ । यस्तो अवस्थामा अत्याअवश्यक बाहेक सर्बसाधारणलाई हिँडडुल गर्न, यातायातका साधन संचालन गर्न, हाटबजार तथा पसल खोल्न प्रतिबन्ध लगाइएको पाखेरेलले बताए ।

त्यस्तै बैंक तथा वित्तिय संस्था र सरकारी कार्यालयले विद्युतीय सेवा मात्र संचालन गर्ने र अन्य सेवाहरु दिनु परेका खण्डमा कार्यालय प्रमुखले कम ५० प्रतिशत मात्र कर्मचारी पालैपालो खटाएर सरकारी कार्यालयको सेवा प्रभाव गर्ने निर्णय गरिएको प्रहरी प्रमुख थापाले बताए कोभिड १९ क्राइसिस म्यानेजमेन सेन्टरले तोकेको सर्त उल्घंन गरिए संक्रमण ऐन २०२० अनुसार कडा कारबाही गर्ने पनि प्रमुख जिल्ला अधिकारी पाखेरेलले चेतावनी दिएका छन् ।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome