मंगलवार, १२ श्रावण २०७८
मंगलवार, १२ श्रावण २०७८

IT Training Nepal

उपत्यकामा १६६ सहित थप ८१८ जनामा कोरोना पुष्टि, मृत्यु हुनेको संख्या १४९ पुग्यो

७ भाद्र, २०७७ १६:३९ मा प्रकाशित

651 पटक पढिएको

corona positive

काठमाडौं – काठमाडौं उपत्यकामा थप १६६ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्त्ता डा. जागेश्वर गौतमले काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप १६६ जनामा कोरोना संक्रमण भएको पुष्टि गरेका हुन् ।

प्रवक्ता गौतमका अनुसार उपत्यकामा आज थपिएका नयाँ संक्रमित काठमाडौंका १२६ जना, ललितपुरका १२ जना र भक्तपुरका २८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा नेपालमा ८१८ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ। मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमका अनुसार २२० महिला र ५९८ पुरुष गरेर ८१८ जनामा कोरोना पुष्टि भएको हो।

योसंगै नेपालभर कोरोना संक्रमितको संख्या ३१ हजार ९३५ रहेको छ । जसमा १८ हजार ६ सय ३१ जना निको भएर घर फर्किसकेका छन् ।

मन्त्रालयका प्रवक्ता गौतमका अनुसार सक्रिय संक्रमितको संख्या १३ हजार १ सय ५५ सक्रिय संक्रमित रहेका छन् । होम आइसोलेसनमा ३ हजार ९ सय ४३ जना रहेका छन्।

यस्तै मन्त्रालयका अनुसार हालसम्म क्वारेन्टाइनमा ११ हजार ४ सय १४ जना रहेका छन् भने आइसोलेसनमा ९ हजार २ सय १२ जनाको उपचार भइरहेको छ। नेपालमा हालसम्म १४९ जनाको कोरोनाबाट मृत्यु भएको छ।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome