मंगलवार, १२ श्रावण २०७८
मंगलवार, १२ श्रावण २०७८

IT Training Nepal

काठमाडौंमा मात्र २ हजार ५ सय ७९ संक्रमित, सबैभन्दा धेरै कोटेश्वरमा

८ भाद्र, २०७७ १६:०७ मा प्रकाशित

750 पटक पढिएको

kathmandu city

काठमाडौं – काठमाडौंका ३२ वटा वडामा कोरोना भाइरस (कोभिड-१९) का संक्रमित भेटिएका छन्। तिमध्ये सबैभन्दा धेरै वडा नम्बर ३२ को कोटेश्वर क्षेत्रमा मात्र १२३ जनामा संक्रमण पुष्टि भएको छ।

पछिल्लो समय काठमाडौंसँगै उपत्यकाका ललितपुर र भक्तपुरमा कोरोना संक्रमितको संख्या बढिरहेको छ। उपत्यकाका तीन जिल्लामा मात्रै ३ हजार २ सय ६२ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार काठमाडौंमा मात्रै एक हजार ७ सय ६२ पुरुष र ८ सय १७ महिला गरेर २ हजार ५ सय ७९ जनामा कोरोना पुष्टि भएको छ। यस्तै ललितपुरमा २ सय २५ पुरुष र १ सय ८६ महिला गरेर ४ सय ११ जनामा संक्रमण पुष्टि भएको छ। भक्तपुरमा १ सय ७३ पुरुष र ९९ महिला गरेर २ सय ७२ जनामा कोरोना पुष्टि भएको छ।

काठमाडौंमा शनिबारसम्ममा ३२ वटा वडामा १ हजार ६ सय ६ जनामा कोरोना पुष्टि भएकोमा १ सय ८८ जना निको भएका छन्। ८ जनाको भने ज्यान गएको छ।

काठमाडौंको पनि कोटेश्वरमा धेरै संक्रमित छन्। कोटेश्वरमा मात्रै १ सय २३ जनामा कोरोना हुँदा ७ जना निको भएका छन् ।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome