बुधबार, २ असार २०७८
बुधबार, २ असार २०७८

IT Training Nepal

उपत्यकामा २२४ सहित थप ७४३ जनामा कोरोना पुष्टि, मृत्यु हुनेको संख्या १५७ पुग्यो

८ भाद्र, २०७७ १६:२६ मा प्रकाशित

482 पटक पढिएको

corona positive

काठमाडौं – पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप २२४ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ। काठमाडौंमा १७७, ललितपुरमा ३३ र भक्तपुरमा १४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए।

यस्तै पछिल्लो २४ घण्टामा देशभर ७४३ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ। यो सहित संक्रमितको संख्या ३२ हजार ६ सय ७८ पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए।

यस्तै मन्त्रालयका अनुसार १३ हजार ७ सय २५ जना कोरोनाका सक्रिय बिरामी छन्। संस्थागत आइसोलेसनमा ९ हजार १ सय ५४ जनाको उपचार भइरहेको छ भने क्वारेन्टाइनमा ११ हजार २ सय ७५ जना रहेका छन् । यस्तै होम आइसोलेसनमा ४ हजार ५ सय ६१ जना छन्।

२४ घण्टामा १७५ जना कोरोना जितेर डिस्चार्ज भएका छन्। योसँगै कुल डिस्चार्ज हुनेको संख्या १८ हजार ८०६ पुगेको छ।

मन्त्रालयका अनुसार नेपालमा कोरोनाबाट १५७ जनाको मृत्यु भइसकेको छ। मृत्यु हुनेमा काठमाडौंका १ महिला, रुपन्देहीका १ महिला र ३ पुरुषसहित ४ जना, मोरङका १ पुरुष , सुनसरीका १ पुरुष र पर्सामा १ महिलाको कोरोनाबाट मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पुष्टि गरेका हुन्।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome