आईतवार, ३ आश्विन २०७८
आईतवार, ३ आश्विन २०७८

IT Training Nepal

झण्डै ५० लाख बराबरको साँढे ६ किलो अफिमसहित दुईजना पक्राउ

९ भाद्र, २०७७ ०७:५२ मा प्रकाशित

544 पटक पढिएको

afim dealers arrested

काठमाडौं – प्रहरीले अवैध रुपमा लागूऔषध कारोबार गरेको अभियोगमा काठमाडौंको तार्केश्वर नगरपालिका ४ शेषमती पुल नजिकबाट दुईजनालाई पक्राउ गरेको छ ।

प्रहरीको महानगरीय अपराध महाशाखाको टोलीले अवैध रुपमा अफिम ओसारपसार गर्ने जाजरकोट घर भई तारकेश्वर नगरपालिका बस्ने २२ वर्षीय दिलिप विश्वकर्मा र दोलखा घर भई तारकेश्वर बस्ने १८ वर्षीय प्रमिला राउतलाई सोमबार दिउँसो पक्राउ गरेको हो ।

उनिहरु त्यस स्थानमा शंकास्पद तरिकाले हिँडिरहेको अवस्थामा पक्राउ गरि उनिहरुले पछाडी भिरेको झोला खानतलासी गर्दा प्रहरीले ६ किलोग्राम ५०० ग्राम अफिम बरामद गरेको छ ।

afim ceased

बरामद गरिएको अफिम पक्राउ परेका व्यक्तिले विभिन्न गाउँबाट रु एक लाख ५० हजार प्रति किलोग्राम ल्याउने र रु आठ लाखसम्म प्रति किलोग्राम बेच्ने गरेको अनुसन्धानमा खुलेको महानगरिय अपराध महाशाखाका प्रमुख दीपक थापाले बताउनु भयो ।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome