आईतवार, ३ आश्विन २०७८
आईतवार, ३ आश्विन २०७८

IT Training Nepal

तुलसीपुर उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत निलम्बनमा

९ भाद्र, २०७७ १४:०२ मा प्रकाशित

819 पटक पढिएको

tulsipur submetropolitan city

दाङ – दाङको तुलसीपुर उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णकान्त उपाध्याय निलम्बनमा परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उपाध्यायलाई तीन महिना निलम्बन गर्दै १५ लाख धरौटीमा सोमबार रिहा गरेको जनाएको छ ।

आयोगका प्रवक्ता रातानाथ अधिकारीले उपाध्यायको थप अनुसन्धानका लागि तीन महिना निलम्बन गरिएको र अहिले उनीलाई १५ लाख रुपैयाँ धरौटीमा छोडिएको बताए । प्रमुख प्रशासकीय अधिकृत उपाध्यायलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दाङबाट काठमाडौं जाँदै गर्दा साउन १६ गते नागढुंगाबाट स्रोत नखुलेको १४ लाख ४८ हजार ७९६ रूपैयाँसहित पक्राउ गरेको थियो ।

पक्राउ परेका उपाध्ययविरुद्ध आयोगले दुरुपयोग अनुसन्धान आयोग ऐन, भ्रष्टाचार विनार ऐन र मुलुकी फौजदारी कार्यविधि संहिता बमोजिम जमानतामा रिहा गरेको जनाइएको छ ।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome