मंगलवार, २ कार्तिक २०७८
मंगलवार, २ कार्तिक २०७८

IT Training Nepal

नेपाल एयरलाइन्सका पाइलटसहित सात जनामा कोरोना सङ्क्रमण पुष्टि

२३ असार, २०७७ ०१:५२ मा प्रकाशित

312 पटक पढिएको

nepal airlines aircraft airbus 330

काठमाडौं, २२ असार : नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)का सात उडान कर्मचारीमा कोरोना भाइरस (कोभिड-१९) सङ्क्रमण पुष्टि भएको छ ।

चार्टर्ड उडानमा सहभागी चालक दलका सात सदस्यको पीसीआर रिपोर्ट पोजेटिभ देखिएको निगमले जनाएको छ । अन्य सात सम्बधित क्रु मेम्बरको पुष्टि हुन बाँकी रहेको निगमले विज्ञप्तिमार्फत जनाएको छ ।

निगमका उडान कर्मचारी उद्धार उडानका क्रममा सोल्टी होटलमा क्वारेनटाइनमा बसेका थिए । निर्धारित उडान सकेर क्वारेनटाइनबाट घर पठाउने क्रममा पीसीआर परीक्षण गर्दा सात जना क्रु मेम्बरलाई कोभिड–१९ सङ्क्रमण पुष्टि भएको निगमले जनाएको छ । उनीहरुको उपचारसम्बन्धी आवश्यक व्यवस्था निगम व्यवस्थापनले गरिरहेको र थप सतर्कता अपनाई पूर्वनिर्धारित उद्धार उडान यथावत सञ्चालन हुने निगमले स्पष्ट गरेको छ ।

निगमले उद्धार उडानमा सम्मिलित चालक दलका सदस्य एवं अन्य उडान कर्मचारीका लागि आवश्यक निर्धारित मापदण्डअनुसारको जिम्मेवारी पूरा गर्दै आएको पनि उल्लेख गरेको छ ।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome