बिहीबार, १० असार २०७८
बिहीबार, १० असार २०७८

IT Training Nepal

उपत्यकामा २३२ सहित थप ८५५ जनामा कोरोना पुष्टि, मृत्यु हुनेको संख्या १६४ पुग्यो

९ भाद्र, २०७७ १६:३८ मा प्रकाशित

904 पटक पढिएको

corona positive

काठमाडौं – पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा २३२ सहित थप ८५५ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ। विभिन्न प्रयोगशालमा गरिएको परीक्षणमा उपत्यकामा थप २३२ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए।

काठमाडौंका १९९ जना, भक्तपुरका १४ जना र ललितपुरका १९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको मन्त्रालयले प्रवक्ता डा.गौतमले जानकारी दिए।

यो सहित संक्रमितको संख्या ३३ हजार पाँच सय ३३ पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए।

यस्तै मन्त्रालयका अनुसार १४ हजार २ सय ५० जना कोरोनाका सक्रिय बिरामी छन्। संस्थागत आइसोलेसनमा आठ हजार पाँच सय ८१ जनाको उपचार भइरहेको छ। होम आइसेलेसनमा भने पाँच हजार ६६९ जनाको उपचार भइराखेको छ। क्वारेन्टाइनमा १० हजार आठ सय ५३ जना रहेका छन्।

२४ घण्टामा ३१३ जना कोरोना जितेर डिस्चार्ज भएका छन्। योसँगै कुल डिस्चार्ज हुनेको संख्या १९ हजार ११९ पुगेको छ। मन्त्रालयका अनुसार नेपालमा कोरोनाबाट १६४ जनाको मृत्यु भइसकेको छ।

सात जिल्लामा ५ सय बढी संक्रमित रहेका छन्। मोरङ, पर्सा, बारा सर्लाही, रौतहट, महोत्तरी र काठमाडौंमा ५ सय बढी संक्रमित छन्। मुस्ताङ र हुम्ला संक्रमणमुक्त रहेको मन्त्रालयले जनाएको छ।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome