बुधबार, ३ कार्तिक २०७८
बुधबार, ३ कार्तिक २०७८

IT Training Nepal

५५ स्वास्थ्यकर्मीले एकैपटक राजीनामा दिएपछि नोबेलको आकस्मिक सेवा अवरुद्ध

१० भाद्र, २०७७ १५:४६ मा प्रकाशित

825 पटक पढिएको

nobel medical college and teaching hospital biratnagar

विराटनगर – नोबेल शिक्षण अस्पतालमा कार्यरत नर्सिङ स्टाफ र पारामेडिक्स गरेर ५५ जना स्वास्थ्यकर्मीले एकैपटक राजीनामा दिएका छन् । आकस्मिक सेवामा कार्यरत उनीहरुले मंगलबार साँझ अस्पताल प्रशासनलाई राजीनामा बुझाएपछि अस्पतालको आकस्मिक सेवा बुधबारबाट अवरुद्ध बनेको छ ।

अस्पतालका जनसम्पर्क अधिकृत नारायण दाहालले सेवा सुविधाका विषयमा प्रशासनसँग कुरा नमिलेपछि ५५ जनाले राजीनामा दिएको पुष्टि गरे । राजीनामाका कारण सेवा अवरुद्ध भएपछि अरु विभागमा कार्यरतहरुलाई ल्याएर आकस्मिक सेवा सञ्चालन गर्ने तयारी भइरहेको जानकारी दाहालले दिए ।

नर्सिङ स्टाफ र पारामेडिक्सले पारिश्रमिक वृद्धि नगरिएको, व्यक्तिगत सुरक्षामा अस्पतालले ध्यान नदिएको, पारिश्रमिक नियमित नभएको, प्रोत्साहन भत्ता नदिएको र आवश्यक सुरक्षा सामग्री बिना नै काममा लगाउने गरिएको भन्दै राजीनामा दिएका हुन् ।

अधिकृत दाहालले सबैको राजीनामा अस्पताल प्रशासनले स्वीकृत गरिसकेको बताउँदै त्यसबाट उत्पन्न समस्याको समाधान आन्तरिक रुपमै खोज्ने प्रयास भइरहेको जानकारी दिए । उनका अनुसार अस्पतालमा ६५० जना स्टाफ नर्स कार्यरत छन् । अरु विभागमा कार्यरतलाई परिचालन गरेर आकस्मिक सेवा सञ्चालनको प्रयास भइरहेको उनको भनाइ छ ।

पारिश्रमिकमा पाँच हजार रुपैयाँ थप गर्नु पर्ने माग राजीनामा दिएकाहरुको रहेको दाहालले बताए । तर प्रशासन चार हजार रुपैयाँ थप गर्न सहमत भए पनि उनीहरुले त्यसलाई अस्वीकार गर्दै राजीनामा दिएको उनको भनाइ छ ।

कोरोना महामारीका बेला अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीले ठूलो संख्यामा एकै पटक राजीनामा दिएपछि बिरामीको उपचारमा थप समस्या उत्पन्न हुने अवस्था रहेको स्रोतले बतायो । नोबेल शिक्षण अस्पतालमा कार्यरत पाँच चिकित्सकसहित २७ जनामा हालसम्म कोरोना भाइरसको संक्रमण पुष्टि भइसकेको दाहालले बताए ।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome