शुक्रबार, ८ आश्विन २०७८
शुक्रबार, ८ आश्विन २०७८

IT Training Nepal

उपत्यकामा ३०१ सहित थप ८८५ जनामा कोरोना पुष्टि, मृत्यु हुनेको संख्या १७५ पुग्यो

१० भाद्र, २०७७ १६:३८ मा प्रकाशित

929 पटक पढिएको

corona positive

काठमाडौं – पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ३०१ सहित देशभर थप ८८५ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । विभिन्न प्रयोगशालमा गरिएको परीक्षणमा ८८५ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।

उपत्यकाभित्र काठमाडौंमा २३० जना, भक्तपुरमा २४ जना र ललितपुरमा ४७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको मन्त्रालयका प्रवक्ता डा. गौतमले जानकारी दिए । आज थपिएका संक्रमित सहित नेपालमा संक्रमितको संख्या ३४ हजार ४ सय १८ पुगेको छ ।

यस्तै मन्त्रालयका अनुसार १४ हजार २ सय ५० जना कोरोनाका सक्रिय बिरामी छन् । संस्थागत आइसोलेसनमा ८ हजार ७ सय ११ जनाको उपचार भइरहेको छ भने होम आइसेलेसनमा ६ हजार २८ जना जनाको उपचार भइराखेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा ३८५ जना कोरोना जितेर डिस्चार्ज भएका छन् । योसँगै कुल डिस्चार्ज हुनेको संख्या १९ हजार ५ सय ४ पुगेको छ ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा दुई महिला र ९ पुरुष गरी थप ११ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या १७५ पुगेको छ ।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome