सोमबार, ७ असार २०७८
सोमबार, ७ असार २०७८

IT Training Nepal

क्यानडा पठाईदिन्छु भन्दै २१ लाख ठगी गर्ने ३ जना पक्राउ

१० भाद्र, २०७७ २०:१० मा प्रकाशित

531 पटक पढिएको

cons in custody

काठमाडौं – महानगरीय अपराध महाशाखाको टोलिले विदेश पठाउने भन्दै ठगी गरेको आरोपमा ३ जनालाई पक्राउ गरेको छ ।

आफुलाई प्रभावशाली व्यक्तिको रुपमा प्रस्तुत गर्दै ठगी गर्नेहरुमा सुर्खेत जिल्ला विरेन्द्रनगर – ९ घर भई हाल श्रीटोल, धापासी बस्ने ध्रुव थापा, सन्ध्या थापा र सुनसरी जिल्ला धरान – ३ का राजेन्द्र श्रेष्ठ रहेका छन् ।

निजहरुले मोरङ शनिश्चरे घर भई हाल कपन सरस्वतीनगर बस्ने नारायण खड्कालाई क्यानडा पठाईदिन्छु भनि विश्वास दिलाई रु २१ लाख रुपैया ठगी गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको महानगरीय अपराध महाशाखाका प्रमुख दीपक थापाले जानकारी दिनु भयो ।

पक्राउ परेकाहरुलाई थप अनुसन्धानको लागि महानगरीय प्रहरी परिसर काठमाडौं पठाएको अपराध महाशाखाले जानकारी गराएको छ ।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome