सोमबार, ११ आश्विन २०७८
सोमबार, ११ आश्विन २०७८

IT Training Nepal

उपत्यकामा ३७७ सहित थप १,१११ जनामा कोरोना पुष्टि : २०,०७३ जना निको, १८४ को मृत्यु

११ भाद्र, २०७७ १६:३५ मा प्रकाशित

969 पटक पढिएको

corona positive

काठमाडौं – पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ३७७ सहित थप १ हजार १ सय ११ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ। विभिन्न प्रयोगशालमा गरिएको परीक्षणमा उपत्यकामा थप ३७७ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए।

काठमाडौंका २७० जना, भक्तपुरका ४१ जना र ललितपुरका ६६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको मन्त्रालयले प्रवक्ता डा.गौतमले जानकारी दिए। ३ सय ३४ महिला र ७ सय ७७ पुरुष गरेर २४ घण्टामा देशभर ११ सय ११ जनामा संक्रमण पुष्टि भएको हो ।

यो सहित संक्रमितको संख्या ३५ हजार ५ सय २९ पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए।

यस्तै मन्त्रालयका अनुसार १५ हजार २ सय ७३ जना कोरोनाका सक्रिय बिरामी छन्। संस्थागत आइसोलेसनमा ९ हजार ६३ जनाको उपचार भइरहेको छ। होम आइसेलेसनमा भने ६ हजार २ सय १० जनाको उपचार भइराखेको छ। क्वारेन्टाइनमा ९ हजार ४ सय ८८ जना रहेका छन्।

पछिल्लो २४ घण्टामा ५ सय ६९ जना कोरोना जितेर डिस्चार्ज भएका छन्। योसँगै कुल डिस्चार्ज हुनेको संख्या २० हजार ७३ पुगेको छ।

२४ घण्टामा थप ९ जनाको मृत्यु

नेपालमा कोरोना भाइरस (कोभिड-१९) संक्रमणबाट थप ९ जनाको मृत्यु भएको छ। पछिल्लो २४ घण्टामा देशभरका विभिन्न अस्पतालमा उपचार गराइरहेका ९ जनाको मृत्यु भएको हो। २४ घण्टामा पर्सामा तीन, बुटवल र ललितपुरमा दुई/दुई, बाँके र पोखरामा एक/एक जनाको मृत्यु भएको छ।

वीरगन्जस्थित नारयणी अस्पतालमा बाराको हर्दिया ४ की २३ वर्षीया महिला, पर्साको धोवीनी गाउँपालिकाका ७२ वर्षीय पुरुष र वीरगंज महानगरपालिका-१४ का ६२ वर्षीय पुरुषको मृत्यु भएको हो।

लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा रुपन्देहीको तिलोत्तमा नगरपालिका-२ की ७० वर्षीया वृद्धा र कपिलवस्तु नगरपालिका १ का ५० वर्षका पुरुषको मृत्यु भएको छ। पोखरा महानगरपालिका-११ की ३२ वर्षीया महिलाको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको छ। ललितपुरको किष्ट अस्पतालमा काठमाडौंको तारकेश्वर नगरपालिका-११ बस्ने अर्घाखाँचीको रेसुंगा नगरपालिकाका ५५ वर्षीय पुरुषको मृत्यु भएको छ।

त्यसैगरी बिहीबार बिहान ललितपुरको पाटन अस्पतालमा उपचार गराइरहेकी ६५ वर्षीया महिलाको मृत्यु भएको छ। भाद्र ९ गते अस्पताल भर्ना भएकी ललितपुरकी ति महिलाको बिहीबार बिहान ६ बजे मृत्यु भएको अस्पतालले जनाएको छ।

यस्तै शिक्षण अस्पताल कोहलपुरमा बिहीबार बिहान नेपालगञ्ज उपमहानगरपालिका- ७ की एक महिलाको मृत्यु भएको छ। योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १८४ पुगेको छ।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome