सोमबार, १२ आश्विन २०७७
सोमबार, १२ आश्विन २०७७

IT Training Nepal

डिसेम्बरसम्म बजारमा कोरोनाको खोप ल्याउने चिनको तयारी, मुल्य नेपाली १५ हजार

१२ भाद्र, २०७७ ०७:२६ मा प्रकाशित

606 पटक पढिएको

corona vaccine russia

बेइजिङ – विश्‍वभरका वैज्ञानिकहरु कोभिड १९ को खोपको विकासमा लागिरहँदा चिनियाँ एक औषधि कम्पनीले भने कोभिड १९ को खोप यही वर्षको अन्त्यसम्म बजारमा आउने भन्दै यसको मुल्य समेत तोकिसकेको छ ।

चिनियाँ औषधि उत्पादक कम्पनी सिनोफार्मले उक्त खोप यही वर्षको डिसेम्बरमा आउने भन्दै यसलाई १४० डलर पर्ने वा नेपाली १५ हजार जति पर्ने जनाएको छ । चीन सरककारले पनि केहीअघि खोपमा भइरहेको प्रगतिबारे जानकारी दिएको थियो । त्यसो त खोप विकासको चरणमा विश्वभर अन्तिम चरणमा पुगेका ६ खोपमध्ये आधा चिनियाँ भएको बताइन्छ ।

तर विश्वव्यापी परीक्षण खोप गर्नुपर्नेमा चीनले अत्याधिक संक्रमण भएका स्थानमा परीक्षण गरेको बताइएको छ । यसवाहेक युरोपियन विज्ञहरु पनि चीनले विकास गरेको खोपप्रति सकारात्मक छन् । यसबीचमा चीनले गत महिनादेखि प्रमुख सरकारी कर्मचारीहरुमाथि खोपको गोप्य परीक्षण गरिएको पनि चीनका एक वरिष्ठ स्वास्थ्य अधिकारीले बताएका छन्।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome