मंगलवार, १३ आश्विन २०७७
मंगलवार, १३ आश्विन २०७७

IT Training Nepal

दक्षिण चिनियाँ सागरमा चीनले गर्‍यो दुई मिसाइल प्रहार

१२ भाद्र, २०७७ ०७:५१ मा प्रकाशित

725 पटक पढिएको

china launches aircraft carrier destroyer missiles

बेइजिङ – चीनले दक्षिण चिनियाँ सागरमा दुईवटा ब्यालेस्टिक मिसाइल प्रहार गरेको छ। अमेरिकालाई चेतावनी दिन उसले ‘एयरक्राफ्ट–करियर किलर’ प्रहार गरेको साउथ चाइना मर्निङ पोस्टले उल्लेख गरेको छ।

चीनले आफ्नो ‘नो–फ्लाई जोन’ मा अमेरिकी जासुसी विमान उडेको एकदिनपछि त्यसको प्रक्रिया स्वरूप मिसाइल प्रहार गरेको हो । उक्त मिसाइल स्पष्ट रूपमा अमेरिकालाई चेतावनी दिनकै लागि प्रहार गरिएको समेत पोस्टले उल्लेख गरेको छ।

एकदिन अघि बोहाइ नदी क्षेत्रमा चिनियाँ नौसेनाले ड्रिल गरिरहेका बेला ‘यू–२’ नामक अमेरिकी जासुस विमान त्यस क्षेत्रको आकाशमा प्रवेश गरेको थियो ।

दुई मिसाइलमध्ये पहिलो डीएफ–२६ बी सिन्झाइ प्रान्तको उत्तरपश्चिम क्षेत्रबाट प्रहार गरिएको थियो। त्यस्तै दोस्रो डीएफ–२१डी मिसाइल जेचीआङ प्रान्तको पूर्वी क्षेत्रबाट प्रहार गरिएको थियो।

दुबै मिसाइल हेइनान प्रान्त र विवादित प्यारासेल टापुको बीच प्रहार गरिएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन्।

पहिलो मिसाइल औपचारिक रूपमा यसै महिनाको सुरुवातमा प्रक्ष्येपण गरिएको थियो। ग्लोबल टाइम्सका अनुसार यसले सागरमा मार हान्न सक्छ। यसैगरी परमाणु हतियार पनि यसले लैजान सक्ने चिनियाँ रक्षा मन्त्रालयका प्रवक्ता वु सिआनले बताएका छन्।

दोस्रो मिसाइलले ४५०० किलोमिटरको दूरीमा मार हान्न सक्ने बताइएको छ। यो पश्चिम प्रशान्त तथा हिन्द महासागरसम्म पुग्छ।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome