बुधबार, २ असार २०७८
बुधबार, २ असार २०७८

IT Training Nepal

उपत्यकामा ४१५ सहित थप ९२७ जनामा कोरोना पुष्टि, मृत्यु हुनेको संख्या १९५ पुग्यो

१२ भाद्र, २०७७ १७:०३ मा प्रकाशित

616 पटक पढिएको

corona positive

काठमाडौं – पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप ४१५ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ। विभिन्न प्रयोगशालमा गरिएको परीक्षणमा थप ४१५ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए।

काठमाडौंका ३५० जना, भक्तपुरका ५४ जना र ललितपुरका ११ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको मन्त्रालयले प्रवक्ता डा.गौतमले जानकारी दिए।

यस्तै पछिल्लो २४ घण्टामा ९२७ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ। योसहित संक्रमितको संख्या ३६ हजार ४५६ पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए। शुक्रबार संक्रमित हुनेमा ३३४ महिला र ५९३ पुरुष छन्।

मन्त्रालयका अनुसार १६ हजार १९ जना सक्रिय संक्रमित छन्। संस्थागत आइसोलेसनमा ९ हजार ५७३ जना छन् भने आइसोलेसनमा बस्नेको संख्या होम ६ हजार ४४६ पुगेको छ। क्वारेन्टाइनमा ८ हजार ९३९ रहेका छन्। २४ घन्टामा १० हजार २२९ जनाको पीसीआर परीक्षण भएको छ।

मन्त्रालयका अनुसार २४ घण्टामा १६९ जना डिस्चार्ज भएका छन्। योसँगै कोरोना जित्नेको संख्या २० हजार २४२ पुगेको छ। नेपालमा पीसीआर परीक्षणको कुल संख्या ६ लाख ५८ हजार ११० पुगेको छ। अहिले क्वारेन्टाइनमा ८ हजार ९४९ जना रहेका छन्।

२४ घण्टामा नेपालमा कोरोना संक्रमणबाट १२ जनाको ज्यान गएको छ । मन्त्रालयका अनुसार २४ घण्टामा चार महिला र आठ पुरुष गरेर १२ जनाको मृत्यु भएको हो । योसँगै कोरोनाले मृत्यु हुनेको संख्या १९५ पुगेको मन्त्रालयले जनाएको छ ।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome