सोमबार, ११ आश्विन २०७८
सोमबार, ११ आश्विन २०७८

IT Training Nepal

उपत्यकामा १८६ सहित थप ८८४ जनामा कोरोना पुष्टि, मृत्यु हुनेको संख्या २०८ पुग्यो

१३ भाद्र, २०७७ १८:५५ मा प्रकाशित

477 पटक पढिएको

corona positive

काठमाडौं – पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप १८६ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ। विभिन्न प्रयोगशालमा गरिएको परीक्षणमा थप १८६ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए।

एकैदिन काठमाडौंका १५५ जना, भक्तपुरका १२ जना र ललितपुरका १९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको मन्त्रालयले प्रवक्ता डा.गौतमले जानकारी दिए।

देशभर थप ८८४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । देशभर २४२ महिला र ६४२ पुरुष गरी जम्मा ८८४ जनामा संक्रमण पुष्टि भएको गौतमले जानकारी दिए ।

मन्त्रालयका प्रवक्ता गौतमका अनुसार ११ हजार ५१६ जनाको पीसीआर परीक्षण गर्दा ८८४ जनामा कोरोना पुष्टि भएको हो। योसँगै नेपालमा कुल संक्रमितको संख्या ३७ हजार ३४० पुगेको छ।

मन्त्रालयका अनुसार २४ घण्टामा ३१३ जना डिस्चार्ज भएका छन्। योसँगै कोरोना जित्नेको संख्या २० हजार ५५५ पुगेको छ। संक्रमितमध्ये डिस्चार्ज हुनेको यो संख्या ५५ प्रतिशत हो।

नेपालमा पीसीआर परीक्षणको कुल संख्या ६ लाख ६९ हजार ६३६ पुगेको छ। अहिले क्वारेन्टाइनमा ८ हजार ३५ जना रहेका छन्। संक्रिय संक्रमितको संख्या १६ हजार ५७८ रहेको छ।

नेपालमा कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट मृत्यु हुनेको संख्या दुई सय नाघेको छ।

पछिल्लो २४ घण्टामा उपत्यकामा सातसहित देशभर १३ जनाको मृत्यु भएको छ।

पर्सामा दुई, सिरहा, पाल्पा, गोरखा, कास्कीमा एकएक जनाको मृत्यु भएको प्रवक्ता गौतमले जानकारी दिए। मृतकमध्ये तीन महिला र १० पुरुष रहेका छन्। योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या २०८ पुगेको छ।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome