बुधबार, २ असार २०७८
बुधबार, २ असार २०७८

IT Training Nepal

उपत्यकामा ४२९ सहित थप १२ सय २१ जनामा कोरोना पुष्टि, मृत्यु हुनेको संख्या २२१ पुग्यो

१४ भाद्र, २०७७ १६:३५ मा प्रकाशित

658 पटक पढिएको

corona positive

काठमाडौं – पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप ४२९ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ। विभिन्न प्रयोगशालमा गरिएको परीक्षणमा थप ४२९ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए।

एकैदिन काठमाडौंका ३७२ जना, भक्तपुरका ४५ जना र ललितपुरका १२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको मन्त्रालयले प्रवक्ता डा.गौतमले जानकारी दिए।

यस्तै पछिल्लो २४ घण्टामा देशभर १२ सय २१ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ। योसहित संक्रमितको संख्या ३८ हजार ५६१ पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए। आइतबार संक्रमित हुनेमा ३४८ महिला र ८७३ पुरुष छन्।

मन्त्रालयका अनुसार १७ हजार ५१८ हजार जना सक्रिय संक्रमित छन्। संस्थागत आइसोलेसनमा १० हजार ६१२ जना छन् भने होम आइसोलेसनमा बस्नेको संख्या ६ हजार ९०६ पुगेको छ। एक दिनमा १० हजार २२९ जनाको पीसीआर परीक्षण भएको छ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २६७ जना डिस्चार्ज भएका छन्। योसँगै कोरोना जित्नेको संख्या २० हजार ७२२ पुगेको छ। यो निको हुनेको संख्या ५४ प्रतिशत हो।

अहिले क्वारेन्टाइनमा ७ हजार ७९७ जना रहेका छन्। नेपाल संक्रिय संक्रमितको संख्या १७ हजार ५१८ रहेको छ। संस्थागत आइसोलेसनमा १० हजार ६१२ जना रहेका छन् भने होम आइसोलेसनमा ६ हजार ९०६ जना रहेका छन्।

२४ घण्टामा थप १४ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाले मृत्यु हुनेको संख्या २२१ पुगेको छ ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा चार महिला र १० जना पुरुषको मृत्यु भएको हो । आइतबार कोरोनाले मृत्यु पुष्टि भएका चार महिलामध्ये सुनसरीकी ७४ वर्षीया, बाराकी ४७ वर्षीया, महोत्तरीकी ६२ वर्षीया र काठमाडौंकी ७२ वर्षीया महिला रहेका छन् । 

त्यसैगरी सुनसरीका ६० वर्षीय, मोरङका ६२ वर्षीय, महोत्तरीका ७० र ३५ वर्षीय, रौतहटका ३० वर्षीय, ललितपुरका २९ वर्षीय, भक्तपुरका ६५ वर्षीय, नवलपरासीका ६२ वर्षीय र रुपन्देहीका ५७ र ६७ वर्षीय पुरुषको मृत्यु भएको मन्त्रालयका प्रवक्ता गौतमले जानकारी दिए ।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome