मंगलवार, १२ श्रावण २०७८
मंगलवार, १२ श्रावण २०७८

IT Training Nepal

पाँच लाख ३० हजार रकमसहित बाँकेका पूर्वाधार विकास प्रमुख पक्राउ

१५ भाद्र, २०७७ ०६:५९ मा प्रकाशित

475 पटक पढिएको

commission for the investigation of abuse of authority ciaa nepal

बुटवल – पूर्वाधार विकास कार्यालय बाँकेका प्रमुख मनिष अर्याल स्रोत नखुलेको रकमसहित पक्राउ परेका छन्।

प्रदेश ५ को भौतिक पूर्वाधार मन्त्रालयको परिसरबाट अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवलले उनलाई पक्राउ गरेको हो।

सिनियर डिभिजन इन्जिनियर अर्यालबाट स्रोत नखुलेको ५ लाख ३० हजार बरामद गरिएको अख्तियार बुटवलका सूचना अधिकारी सुरेश भुसालले जानकारी दिए।

पक्राउ परेका उनीमाथि थप अनुसन्धान भइरहेको उनले जानकारी दिए।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome