शुक्रबार, १ आश्विन २०७८
शुक्रबार, १ आश्विन २०७८

IT Training Nepal

द्वन्दकालमा बेपत्ता भएकाका परिवारलाई निशर्त न्याय दिनुपर्छ : बहिर्गमित जनमुक्ति सेना

१५ भाद्र, २०७७ ०७:२६ मा प्रकाशित

606 पटक पढिएको

missing since home war

काठमाडौं – अगस्ट ३० का दिन विश्वभर अन्तर्राष्ट्रिय बेपत्ता दिवस मनाइन्छ । नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाउदै आइरहेको पाइन्छ । विभिन्न मुलुकमा राजनीतिक परिवर्तन वा अन्य परिवर्तनका लागि जनताहरुले आवाज उठाउने क्रममा कतै राज्यबाट र कतै बिद्रोहीहरुबाट नागरिकलाई बलजफ्ती गरी गैर कानुनी तवरबाट बन्धक बनाई यातना दिई बेपत्ता बनाइएका घटनाको विरुद्धमा पिडितलाई न्याय र पिडकलाई कानुनी कठघरामा उभ्याउने दिनको रुपमा यस दिवसलाई संसारभर मनाइन्छ ।

संयुक्त राष्ट्रसंघको महासभाले सन् १९९२ डिसेम्बर १८ का दिन ४७/१३३ धारालाई निर्णय गरी विश्वभर बलजफ्ती बेपत्ता पारिएका सबै मानिसहरुको जीवन संरक्षण हुनुपर्छ भनी घोषण गरेको थियो ।

यसै घोषणबाट शुरूवात भएको यस अन्तर्राष्ट्रिय बेपत्ता दिवसको अवसरमा नेपालको सन्दर्भमा तत्कालीन नेकपा माओवादीले २०५२ बाट शुरु गरी २०६३ साल सम्मका दश वर्षे जनयुद्धको जग र ६२/६३ सालको जनआन्दोलन मार्फत नेपालमा गणतन्त्र स्थापना गरेको छ ।

यत्रा ठुला परिवर्तन मुलुकमा भए, विभिन्न चरणका सरकार बने तर यिनै परिवर्तनका द्वन्दका समयमा सहभागी क्रान्तिका योद्धाहरु तथा हजारौं सर्वसाधारण नागरिकहरुलाई बेपत्ता पार्ने कार्य पनि भएका थिए । चाहे त्यो तत्कालीन राज्यपक्षबाट वा विद्रोही पक्षबाट भएका घटना किन नहोस् । पिडित परिवारहरुले आजसम्म न्याय पाउन सकेका छैनन् । नेपालको शान्ति प्रक्रियाको अधुरो काम मध्ये वर्तमान अवस्थासम्म बाँकी रहेको महत्त्वपूर्ण अंग बेपत्ता नागरिकको सत्य तथ्य सार्वजनिक, पिडित परिवारलाई न्याय, उचित व्यवस्थापन सहितको क्षेतिपुर्ती र दोषी उपर कडा भन्दा कडा सजायको व्यवस्था नभएसम्म शान्ति प्रक्रियाले पूर्णता पाउने छैन ।

विगतका घटनालाई न्यायीक कठघरामा नउभ्याए भविष्यमा पनि यस्ता प्रवृत्तिहरुले प्रसय पाउन सक्छ । यस्ता घटना समाजमा पुनः नदोहोरियोस भन्नका लागि अविलम्व सम्बन्धित पक्षले द्वन्दमा बेपत्ता भएकाका परिवारलाई निशर्त न्याय दिनुपर्छ भन्दै सरोकार पक्षहरुलाई दबाब सहित हामी यसै प्रेस वक्तव्य मार्फत ध्यानाकर्षण गराउदछौं ।

बहिर्गमित जनमुक्ति सेना नेपाल केन्द्रिय संघर्ष समिति
इन्चार्ज :- असिम लिम्बू ( सुनिल )
अध्यक्ष :- रमेश बसेल ( करन )

पुर्व जनमुक्ति सेना संघ नेपाल,
सहसचिव तथा संरक्षक :- जिग्मी

धन्यवाद !


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome