बिहीबार, १० असार २०७८
बिहीबार, १० असार २०७८

IT Training Nepal

उपत्यकामा ३८८ सहित थप ११२० जनामा कोरोना पुष्टि, मृत्यु हुनेको संख्या २५१ पुग्यो

१७ भाद्र, २०७७ १६:३० मा प्रकाशित

720 पटक पढिएको

corona positive

काठमाडौं – पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ३८८ सहित देशभर थप ११२० जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार काठमाडौंका ३५० जना, भक्तपुरका ९ जना र ललितपुरका २९ जनामा कोरोना भाइरस संक्रमण देखिएको हो ।

यो सहित संक्रमितको संख्या ४१ हजार ६४९ पुगेको छ। । बुधबार थपिएका संक्रमितमा ३२० महिला र ८०० पुरुष छन् ।

यस्तै मन्त्रालयका अनुसार १० हजार ४९३ जना आइसोलेसनमा रहेका छन् भने होम आइसोलेसनमा ७ हजार ६१५ छन्। क्वारेन्टाइनमा ६ हजार ७६६ जना रहेका छन् भने कोरोनाका सक्रिय संक्रमितको संख्या १८ हजार १०८ छ।

पछिल्लो २४ घण्टामा १११२ जना कोरोना जितेर डिस्चार्ज भएका छन्। योसँगै कुल डिस्चार्ज हुनेको संख्या २३ हजार २९० पुगेको छ। नेपालमा कोरोनाबाट २५१ जनाको मृत्यु भईसकेको छ।

पछिल्लो २४ घण्टामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमणबाट थप १२ जनाको मृत्यु भएको छ। प्रवक्ता प्रा.डा. जागेश्वर गौतमका अनुसार २४ घण्टामा १२ जनाको मृत्यु भएसँगै कोरोनाले ज्यान गुमाउनेको संख्या २५१ पुगेको हो।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome