सोमबार, ७ असार २०७८
सोमबार, ७ असार २०७८

IT Training Nepal

उपत्यकामा फेरि एक साता निषेधाज्ञा थप्ने निर्णय, यसपटक केही खुकुलो

१७ भाद्र, २०७७ १७:१२ मा प्रकाशित

575 पटक पढिएको

empty street

काठमाडौं – उपत्यकामा जारी निषेधाज्ञा थप एक साता लम्ब्याइएको छ । गृह मन्त्रायलसँग छलफल गरेपछि उपत्यकाका तीन प्रमुख जिल्ला अधिकारीहरुले निषेधाज्ञा थप्ने निर्णय गरेका हुन् । तर, यसपटक केही सेवालाई सञ्चालनका लागि छुट दिइएको छ ।

औषधि, खाद्यवस्तु र अत्यावश्यकीय वस्तु खरिदमा यसअघि पनि रोक लगाइएको थिएन । यद्यपि, बाहिर निस्किँदा मास्क अनिवार्य लगाउनुपर्ने भनिएको थियो ।

बिहान ११ बजेसम्म किनमेल र हिडडुलका लागि खुकुलो गरिएको छ। बैंकलगायतका नियमित सेवा प्रदायक संस्थाहरूले स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गरी न्यूनतम कर्मचारी राखेर सेवा दिन सक्ने व्यवस्था मिलाइएको छ। तर  होटल, रेष्टुरेन्ट, फुटपाथ पसल भने पूर्ण रूपमा बन्द गरिनेछ।

निषेधाज्ञा अनुसार अब १२ वर्षमुनी, ६० वर्षमाथि र दीर्घरोगी घरबाहिर निस्कन पाउने छैनन्।

अत्यावश्यक कामबाहेक घरबाट कोही निस्कने पाउने छैनन्। यद्यपि अत्यावश्यक काममै पनि १२ वर्षमुनी, ६० वर्षमाथि र जुनसुकै उमेरका भए पनि दीर्घ रोगीलाई घरबाहिर निस्कन निषेध गरिएको छ।

अत्यावश्यक सामानसँगै भन्सारबाट जाँचपास गरी आएका सबै प्रकारका मालबाहक सवारी साधनलाई समेत उपत्यका प्रवेशको अनुमति दिइएको छ। अन्य सवारी सवारी साधनलाई उपत्यका प्रवेशमा रोक लगाइएको छ।

अत्यावश्यक सवारी साधनमा आउने चालक र सहयोगी अनिवार्य क्वारेन्टाइनमा बस्नुपर्ने व्यवस्था गर्नुपर्ने निर्णयसमेत भएको छ। निषेधाज्ञाको समयमा गुड्ने अत्यावश्यक सवारी साधनमा सवार व्यक्तिले अनिवार्य फोटोसहितको परिचय बोक्नुपर्नेछ।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome