सोमबार, ७ असार २०७८
सोमबार, ७ असार २०७८

IT Training Nepal

सतासीधाम जाने बाटोमा एक युवक मृत अवस्थामा फेला

१८ भाद्र, २०७७ ०८:०७ मा प्रकाशित

405 पटक पढिएको

murder graphics

झापा – झापाको शिवसताक्षी नगरपालिका-११ सतासीधाम जाने बाटोमा एक युवक मृत अवस्थामा फेला परेका छन्। शिवसताक्षी नगरपालिका मैनाचुलीका २८ वर्षीय गोमनसिंह मगर मंगलबार बेलुकादेखि बेपत्ता भएका थिए। परिवारले झिलझिले प्रहरीमा मगरको खोजी गरिदिन पनि जानकारी गराएका थिए।

सतासीधामको रतुवामाई वृक्षारोपणका वन रक्षकले उक्त शव देखेर प्रहरीलाई खबर गरेको इलाका प्रहरी कार्यालय दमकका प्रहरी नायव उपरीक्षक बिजयराज पण्डितले जानकारी दिए। मगरको शव धारिलो हतियार प्रहार गरेको अवस्थामा बुधबार बिहान १० बजे फेला परेको छ।

प्रहरीका अनुसार मृतक मगरको घाँटी तथा शरीरका विभिन्न भागमा गहिरो चोट देखिएको छ। जसका कारण हत्याको आशंका गरिएको छ। प्रहरीले धरानबाट तालिम प्राप्त कुकुर मगाएर घटनास्थल आसपास खोजी गरिरहेको छ। घटनास्थल नजिकै एउटा मोटरसाइकल बेवारिसे अवस्थामा फेला परेको प्रहरीको भनाई छ।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome