मंगलवार, २ कार्तिक २०७८
मंगलवार, २ कार्तिक २०७८

IT Training Nepal

उपत्यकामा ४४५ सहित देशभर थप १२२८ जनामा कोरोना पुष्टि, ५६ प्रतिशत निको भएर घर फर्के

१८ भाद्र, २०७७ १६:४१ मा प्रकाशित

568 पटक पढिएको

corona positive

काठमाडौं – पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप ४४५ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ। विभिन्न प्रयोगशालमा गरिएको परीक्षणमा उपत्यकामा थप ४४५ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए।

काठमाडौंका ३५७, भक्तपुरका ४२ र ललितपुरका ४६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको मन्त्रालयले प्रवक्ता डा.गौतमले पुष्टि गरेका हुन्। यस्तै पछिल्लो २४ घण्टामा देशभर १२ सय २८ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ। यो सहित संक्रमितको संख्या ४२ हजार ८७७ पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए। बिहीबार थपिएका नयाँ संक्रमितमा ३९४ महिला र ८३४ पुरुष छन्।

१८ हजार ४१३ कोरोनाका सक्रिय संक्रमित छन्। यस्तै मन्त्रालयका अनुसार १० हजार ६७१ जना आइसोलेसनमा रहेका छन् भने होम आइसोलेसनमा ७ हजार ७४२ छन्। क्वारेन्टाइनमा ६ हजार ७४९ जना रहेका छन्। मन्त्रालयका अनुसार २४ घन्टामा १३ हजार ४१३ पीसीआर परीक्षण भएका छन्।

पछिल्लो २४ घण्टामा ९१७ जना कोरोना जितेर डिस्चार्ज भएका छन्। योसँगै कुल डिस्चार्ज हुनेको संख्या २४ हजार २०७ पुगेको छ। यो ५६ प्रतिशत हो।

त्यसैगरी पछिल्लो २४ घण्टामा कोरोना संक्रमण (कोभिड-१९) बाट थप ६ जनाको मृत्यु भएको छ। योसँगै मृतकको संख्या २५७ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । कोरोनाबाट ४ महिला र २ पुरुषको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको हो।

चितवन, भक्तपुर, तनहु र रुपन्देहीमा एक/एक महिला र सिन्धुपाल्चोक र रुपन्देहीमा एक/ एक पुरुष गरी ६ जनाको मृत्यु भएको छ।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome