बिहीबार, २१ श्रावण २०७८
बिहीबार, २१ श्रावण २०७८

IT Training Nepal

मत्स्येन्द्रनाथको रथ तान्ने क्रममा ट्राफिक प्रहरी कुट्ने ९ जना पक्राउ

१९ भाद्र, २०७७ १३:५२ मा प्रकाशित

539 पटक पढिएको

traffic police officer beaten in lalitpur

काठमाडौं – कोरोना भाइरस (कोभिड–१९) को महामारीका बीच ड्यूटीमा खटिएका ट्राफिक प्रहरी जवान कमलप्रसाद घिमिरेमाथि कुटपिट गर्ने ९ जना पक्राउ परेका छन्। ललितपुरको पुल्चोकमा भएको रातो मत्स्येन्द्रनाथको रथ तान्ने क्रममा प्रहरीसँग स्थानीयको झडपपछि युवाहरुको समूहले घिमिरेमाथि निर्घात कुटपिट गरेका थिए।

ललितपुर महानपालिका वडा १६ गावा बस्ने बर्ष ४० को महेश बज्राचार्य, वडा ११ बंगलामुखी बस्ने बर्ष ३९ को पृथ बिन्दु महर्जन, वडा २१ बस्ने बर्ष ३८ को अशोज कुमार महर्जन, वडा ६ बस्ने बर्ष ३६ को रवि शाक्य, वडा १६ बस्ने बर्ष ४० को रविन शाक्य, महालक्ष्मी नपा वडा १ इमाडोल बस्ने बर्ष ४३ को सुविन शाक्य, इमाडोलको ध्रुवराज बज्राचार्य, भक्तपुर ठिमी-८, बर्ष ३२ को श्याम श्रेष्ठ र कामनपा वडा १६ बस्ने बर्ष ४० को यादवलाल कायस्थ पक्राउ परेका हुन्।

डिउटीमा खटिएका घिमिरेमाथि निर्घात कुटपिट भएको भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल भएको थियो। मोटरसाइकलमा आइरहेका घिमिरेलाई केही युवाहरुले रोकेर हेलमेटलगायत प्रहार गरिरहेको भिडियोमा देखिन्छ।

कुटपिटपछि भाग्दै गरेका घिमिरेलाई ति युवाहरुले लखेटिलखेटि कुटिरहेको पनि भिडियोमा प्रष्ट देखिन्छ। त्यसपछि उनलाई सडकमा आउँदै गरेको प्रहरीको भिडमध्य एक प्रहरीले देख्छन् र उनलाई समाएर केही पर प्रहरीले घेरेर राखेको भिडियोमा देखिन्छ। अल्का अस्पतालमा उपचार भइरहेको उनको हात र टाउकोमा चोट लागेको अस्पतालले जानकारी दिएको छ।

पक्राउ परेकाविरुद्ध अभद्र व्यवहारको कसूर अन्तरगत मुद्दा चलाउने तयारी गरिएको बताइएको छ।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome