बुधबार, १० कार्तिक २०७८
बुधबार, १० कार्तिक २०७८

IT Training Nepal

उपत्यकामा ३५४ सहित देशभर थप ९८० जनामा कोरोना पुष्टि, १८१४ जना डिस्चार्ज

२१ भाद्र, २०७७ १६:४७ मा प्रकाशित

741 पटक पढिएको

corona positive

काठमाडौं – पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ३५४ सहित देशभर थप ९८० जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ। विभिन्न प्रयोगशालमा गरिएको परीक्षणमा उपत्यकामा थप ३५४ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए।

काठमाडौंका २९०, भक्तपुरका ३२ र ललितपुरका ३२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको मन्त्रालयले प्रवक्ता डा.गौतमले जानकारी दिए। यस्तै पछिल्लो २४ घण्टामादेशभर ९८० जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ। यो सहित संक्रमितको संख्या ४६ हजार २५७ पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए। आज थपिएका संक्रमितमा २९० महिला र ६९० पुरुष छन्।

देशभर १७ हजार २७ कोरोनाका सक्रिय संक्रमित छन्। यस्तै मन्त्रालयका अनुसार ९ हजार २०१ जना आइसोलेसनमा रहेका छन् भने होम आइसोलेसनमा ७ हजार ८२६ छन्। क्वारेन्टाइनमा ४ हजार ७०३ जना रहेका छन्। मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा १० हजार ३८२ नमूनाको पीसीआर परीक्षण भएको छ।

पछिल्लो २४ घण्टामा १ हजार ८१४ जना कोरोना जितेर डिस्चार्ज भएका छन्। योसँगै कुल डिस्चार्ज हुनेको संख्या २८ हजार ९४१ छ। यो ६३ प्रतिशत हो। नेपालमा कोरोनाबाट २८९ जनाको मृत्यु भएको छ। आइतबार मात्रै ९ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ। उपत्यकामा मात्रै ३ जनाको मृत्यु भएको छ।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome