सोमबार, ११ आश्विन २०७८
सोमबार, ११ आश्विन २०७८

IT Training Nepal

वीर अस्पताललाई कोरोनाको उपचारमा केन्द्रित गर्ने सरकारको निर्णय

२१ भाद्र, २०७७ १७:०२ मा प्रकाशित

442 पटक पढिएको

bir hospital kathmandu

काठमाडौं – सरकारले वीर अस्पताललाई कोरोना भाइरस (कोभिड-१९) उपचारमा केन्द्रित गर्ने निर्णय गरेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमका अनुसार सरकारले तत्कालका लागि वीर अस्पताललाई कोभिड अस्पतालको रुपमा सञ्चालन गर्ने निर्णय गरेको हो।

वीर अस्पतालमा दिइने सम्पूर्ण स्वास्थ्य सेवा अब ट्रमा सेन्टरबाट दिइने छ।

‘अब वीर अस्पताल कोभिड अस्पतालको रुपमा सञ्चालन गर्ने निर्णय भएको छ’, मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा बोल्दै प्रवक्ता गौतमले भने, ‘त्यहाँ भइरहेका नियमित स्वास्थ्य सेवा राष्ट्रिय ट्रमा सेन्टरबाट सञ्चालन गरिने छ।’


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome